इराकमा जातिय नेताले गर्न लागेको भेलाको विरोध गर्दै हजारौं सर्वसाधरण सडकमा
काठमाडौं । इराकमा जारी सरकार विरोधी प्रदर्शनलाई संबोधन गर्न प्रधानमन्त्री अदिल अब्दुल महदीले बोलाउनु भएको जातिय नेताहरुको भेलाको विरोध गर्दै राजधानी बगदाद स्थित तह्रिर चोकमा हजारौं सर्वसाधारण उत्रेका छन् ।
हिजो भएको विरोध प्रदर्शनमा तीन प्रदर्शनकारीहरुको मृत्यु भएको थियो भने २५ भन्दा बढी घाइते भएका छन् ।
यसअघि, बिहिबार भएको विरोधमा आठ प्रदर्शनकारीहरुको मृत्यू भएको थियो ।
हिजोको प्रदर्शनमा प्रदर्शनकारीहरुले सरकार विरोधी कविता वाचन तथा नाराबाजी गरेका थिए ।
बढ्दो बेरोजगारी, भ्रष्टचार , र सार्वजनिक सेवामा रहेको अनियमितताको विरोधमा इराकमा विगत एक महिनादेखि प्रदर्शन जारी छ ।
प्रधानमन्त्री अदिल अब्दुल महदीको राजिनामाको माग राख्दै भएका प्रदर्शनहरुमा हालसम्म ३०० इराकीको मृत्यु भएको बताइको छ ।
प्रतिक्रिया राख्नुहोस्