तपाईँ सुन्दै हुनुहुन्छः

थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

File photo

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा तीन हजार ३८७ को नमुना परीक्षण गर्दा थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दुई हजार २३८ जनाले पिसिआर र एक हजार १४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

सो अवधिमा १३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३७ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो चौबिस घण्टामा ६६ हजार १८१ ले  कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १२४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेसनमा १२४ जना सङ्क्रमित रहेका छन् । 

हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, भोजपुर, पर्सा, सप्तरी, रौतहट, बारा, दोलखा,  सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, रुकुम पूर्व, कपिलवस्तु, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालिकोट, मुगु, सुर्खेत, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा रहेका छन् । 

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३६, ललितपुर एक र भक्तपुरमा दुई सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमण दर १७ दशमलव दुई प्रतिशत छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button