क्रिकेटर लामिछाने टि–१० लिगका लागि यूएई प्रस्थान
अजय बम । नेपालका लेग स्पिनर सन्दीप लामिछाने टि–१० लिग खेल्न यूएई प्रस्थान गरेका छन् ।
युनाइटेड अरब इमिरेट्स युएईमा नोभेम्बर १४ देखि २४ तारिखसम्म आयोजना हुने टि–१० मा कर्नाटक टसकसले ड्राफ्ट मार्फत ए क्याटेगोरीमा रहेका सन्दीपलाई पहिलो राउण्डमै लिएका थियोे ।
उनले ४५ हजार डलर पाउने छन् । उनको टिमको आइकोनीक प्लेयर हासिम अमला रहेका छन् भने प्रशिक्षकमा टम मुडी रहेका छन् ।
सन्दीप गत सिजनमा केरला नाइट्सबाट खेलेका थिए । सन्दीपसँगै यस पटक नेपालका पूर्व कप्तान पारस खड्का पनि टि–१० खेल्दैछन् । उनी यसअघि नै यूएई पुगेर आफ्नो टिम आबुधाबीसँग प्रशिक्षण सुरू गरिसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्