कञ्चनपुरमा गत आर्थिक वर्षमा २८ करोड ४३ लाख बजेट फिर्ता
कञ्चनपुर । कञ्चनपुरमा गत आर्थिक वर्ष २०७७/०७८ मा २८ करोड ४३ लाख बजेट फिर्ता गएको छ । सङ्घीय सरकारबाट पाएको ५ अर्ब ३० करोड १५ लाख ९६ हजार ५ सय ३ रुपैयाँ मध्ये ५ अर्ब ९ करोड ४८ लाख ६१ हजार २ सय ४६ रुपैयाँ खर्च भएको छ भने ,२० करोड ६७ लाख ३५ हजार २ सय ५६ रुपैयाँ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरले जनाएको छ ।
यसै गरी प्रदेश सरकारबाट पाएको ३२ करोड ८३ लाख ५३ हजार मध्ये २५ करोड ७ लाख ४३ हजार ९ सय ५८ रुपैयाँ खर्च भएको छ भने ,७ करोड ७६ लाख ९ हजार ४१ रुपैयाँ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका सूचना अधिकारी धन बहादुर विष्टले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्