तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा तीजको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभयको छ ।

राष्ट्रपतिले शुभकामना सन्देश जारी गरी नेपाली नारीहरुमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सदभाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको कामना पनि गर्नुभयको छ ।

सन्देशमा उनले नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवनशैली अपनाउन अपिल गर्नुभयको छ ।

सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तीज पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सदभाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएको राष्ट्रपतिको भनाइ छ ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि तीजको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभयको छ ।

तीजको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महिलाको नागरिक तथा राजनीतिक अधिकारहरुको प्रयोगको अवस्था विश्वमै गौरव गर्नलायक रहेको बताउनुभयो छ ।

तीज पर्वले महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने प्रधानमन्त्रीले उल्लेख गर्नुभयको छ । ‘नेपालको सकारात्मक सांस्कृतिक परम्परामा महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तीजको विशेष महत्व छ,’ प्रधानमन्त्रीबाट जारी शुभकामना सन्देशमा लेखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button