तपाईँ सुन्दै हुनुहुन्छः

बुढीतोला सडकखण्ड भासिएको १०महिना पुरा: मर्मत कार्य अझै शुरु भएन

धनगढी । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको लाइफलाइन भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको बुढी तोला सडकखण्ड पहिरो गएर भासिएको १० महिना पुग्दा समेत सडक मर्मत कार्य अझै शुरु गरिएको छैन ।

गत साउन २३ गते बर्षासगै पहिरो खसेर बुढी तोला सडकखण्ड भासिएको थियो । ४ सय मिटर पहिरो जाँदा ८० मिटर सडक भासिएको थियो । अहिले सम्म पनि सडक पुनर्निर्माण नहुँदा यातायात आवागमनका कठिनाइ भएको चालकहरूको भनाई छ । सडकमा रहेको पहिरो पन्छ्याएर यातायात सञ्चालन हुँदै आएको छ ।

सडक डिभिजन कार्यालयका इन्जिनियर तारानाथ सिग्देलले सडकमाथिको भाग कटिङ्ग गर्ने र सडक तलबाट आधुनिक पर्खाल निमार्णका साथै पानी निकास हुने गरि इनार निमार्णका डिपिआर तयार भएको बताउनु भएको छ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button