तपाईँ सुन्दै हुनुहुन्छः

कार्यक्रम सञ्चालन गर्दा सीमान्तकृत वर्गलाई समेट्नुपर्छ : मन्त्री चौधरी

काठमाडौँ । ‍महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलासम्बन्धी कार्यक्रम सञ्चालन गर्दा आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका व्यक्तिलाई लक्षित गर्नुपर्ने बताउनुभएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विश्व बैङ्कको सहकार्यमा सुरु गरेको “लैङ्गिक हिंसा रोकथामका लागि एकीकृत विकास परियोजना”को शुभारम्भ गर्दै मन्त्री चौधरीले महिला तथा बालबालिका लक्षित कार्यक्रम सञ्चालन गर्दा सीमान्तकृत वर्ग, समुदायका व्यक्तिलाई समेट्नुपर्ने मन्त्री बताउनुभयो ।

यी क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा मध्य पहाडी लोकमार्ग, तराई-पहाड फास्ट ट्र्याकले छुने पालिकाहरू, सिमाना क्षेत्रका वर्ग, समुदायका उत्पीडित, सीमान्तकृत महिलाहरूलाई लक्षित गर्नुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री चौधरीले चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण जस्ता घटनाहरूमा बढी संवेदनशील भएर काम गर्न विकास साझेदार संस्थाहरूलाई आग्रह गर्नुभयो ।

विभिन्न प्रलोभनमा पारेर लैङ्गिक हिंसा हुने गरेको भन्दै उहाँले त्यसलाई न्यूनीकरण हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button