तपाईँ सुन्दै हुनुहुन्छः

सिरोहियाको रिट सर्वोच्चमा पेस

काठमाडौँ । कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध जिल्ला अदालत धनुषाबाट जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको छ ।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आज सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएपछि उहाँले सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको हो ।

उक्त रिट दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा बुधबार छलफल हुने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको उल्लेख गर्दै जाहेरी परेपछि धनुषा प्रहरीले उहाँविरूद्ध पुर्जी जारी गर्न माग गरेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button