तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा करेन्ट लागेर वृद्धको मुत्यु

सल्यान । सल्यानमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका ३ सोतागारका अन्दाजी ७० वर्षीय मोहलाल वलीको करेन्ट लागेर मृत्यु भएको हो ।

शुक्रबार साँझ खेतबारीमा सिचाईका लागि खोलाबाट मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो ।

शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button