तपाईँ सुन्दै हुनुहुन्छः

स्वदेशमै युवालाई रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध : मन्त्री शाही

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौँमा बास नेपालद्वारा आयोजित पब्लिक स्पिच नेपालको सेमिफाइनलमा वन मन्त्री शाहीले स्वदेशमै रोजगार सिर्जना गरी विदेशतिर पलायन हुने युवाको सङ्ख्या रोक्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सरकारले केही गर्न सक्दैन भन्ने नकारात्मक सोच युवामा पैदा भएकाले त्यसलाई चिर्दै उद्योगधन्दा कलकारखाना सञ्चालन गरी युवाहरूलाई रोजगारी दिन सरकार लागिपरेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button