तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप टी–२० क्रिकेट: नेपाली क्रिकेट टिम अभ्यास खेलमा पराजित

काठमाडौँ । विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टिम अभ्यास खेलमा पराजित भएको छ ।
विश्वकपको तयारीका लागि वेस्टइन्डिजमा रहेको नेपाली टिम त्यहाँको विन्डवर्ड्स भोलक्यानोजसँग ६७ रनले पराजित भएको हो ।

सुरुका दुई खेल भने नेपालले जितेको थियो । भोलक्यानोजले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो ।

नेपालका कप्तान रोहित पौडेलले ५३ रनको अर्धशतकीय पारि खेल्दा आसिफ शेखले २४ रन बनाए । यस खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहोरा र ललितनारायण राजवंशीलाई विश्राम दिइएको थियो ।

नेपाल विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको भोलक्योजले २० ओभरमा २ सय ५ रन बनाएको थियो । उसका लागि डीलोन डगलासले ५६ रन बनाए । नेपालका लागि कमलसिंह ऐरीले चार तथा सोमपाल कामीले तीन विकेट लिए ।

अब नेपाली टोली अमेरिका जानेछ । ह्युस्टनमा मे २२ र २३ मा २ अभ्यास खेलपछि टोली ड्यालस जानेछ । त्यहाँ क्यानाडासँग मे २७ र अमेरिकासँग मे ३० मा वार्मअप म्याच खेल्नेछ। त्यसपछि जुन ४ मा टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button