तपाईँ सुन्दै हुनुहुन्छः

झापामा हात्तीपाइलेका तीनजना नयाँ बिरामी फेला

झापा । झापामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान चलिरहेकै बेला तीनजना नयाँ बिरामी फेला परेका छन् ।

जिल्लाको बिर्तामोड नगरपालिका–५ मा मङ्गलवार हात्तीपाइलेका तीनजना रोगी भेटिएका हुन् । हात्तीपाइलेविरुद्धको औषधि खुवाउने क्रममा जाँच गर्दा दुईजना पुरुष र एक जना महिलामा हात्तीपाइलेको लक्षण देखिएको विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले जानकारी दिनुभयो । गत वर्ष पनि बिर्तामोडकै वडा नं १ मा एक जनामा हात्तीपाइलेको लक्षण देखिएको थियो ।

झापामा गत वर्ष करिब एकसय ४१ जना हात्तीपाइलेका रोगी रहेका थिए । यस वर्ष निकै बिरामी थपिने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button