तपाईँ सुन्दै हुनुहुन्छः

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन वृद्धि गर्नुपर्छ : राष्ट्रिय सभा उपाध्यक्ष

काठमाडौँ। राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक रहेको बताउनुभएको छ । बुधबार विश्व मजदुर दिवस तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उपाध्यक्ष घिमिरेले सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो । यसका लागि मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ ।

‘‘मुलुकमा मानवअधिकार र लोकतन्त्रका आधारभूत मान्यताहरूलाई संवैधानिक रूपमा नै सुनिश्चितता प्रदान गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अग्रसर बनेको परिस्थितिमा श्रमको सम्मान, सुरक्षित कार्य थलो, सामाजिक सुरक्षा, आफ्नो जीवनलाई प्रभावित पार्ने नीति निर्माणमा सहभागिताका साथै लैङ्गिक लगायत सबै प्रकारका विभेदको अन्त्य गर्दै रोजगारीको सृजना गर्न विशेष कार्यक्रमहरू ल्याउनुपर्दछ ।’’ उपाध्यक्ष घिमिरेद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button