तपाईँ सुन्दै हुनुहुन्छः

सापकोटा र राईलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

काठमाडौँ । नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने अमर प्राज्ञ भारत आसामका नव सापकोटालाई प्रदान गर्ने निर्णय गरेको छ ।

ताम्रपत्रका साथ यस पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ । 

यसैगरी नइ प्रकाशनले सिर्जनाद्वारा नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने भारत दार्जिलिङका  स्नेहलता राईलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

ताम्रपत्रका साथ यस पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

यी दुवै पुरस्कार नेपाली भाषा साहित्य मार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये विशिष्ट नेपाली गोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिँदै आएको नइ प्रकाशनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button