तपाईँ सुन्दै हुनुहुन्छः

‘साझा सभ्यता र संस्कृतिले नेपालीहरूलाई सद्भाव सिकाएको छ’

पाँचथर । राष्ट्रपति रामचन्द्र पौडेलले साझा सभ्यता र संस्कृतिले नेपालीहरूलाई सद्भाव र उदारता सिकाएको बताउनुभएको छ ।

पाँचथर बहुमुखी क्याम्पसले आयोजना गरेको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा बहुधार्मिक आध्यात्मिक महोत्सवलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सबै धर्म संस्कृतिका मानिसहरूलाई एकै ठाउँमा जोड्ने पवित्र उद्देश्य राखेर महोत्सवको आयोजना गरिनु सुखद् भएको बताउनुभयो ।

नेपाल पूर्वीय ज्ञान परम्पराको श्रोत भएकोले किराँत, सनातन, वैदिक र बौद्ध सभ्यताहरूबिच एकता र ऐक्यबद्धता भएको राष्ट्रपति पौडेलको भनाइ थियो ।

किराँत धर्मका महागुरु फाल्गुनन्दले स्थापना गर्नुभएको सत्य धर्म मुचुल्काले हामीलाई मार्गदर्शन दिइरहेको उहाँले बताउनुभयो । त्यस अवसरमा आफ्नो संस्कृति र पहिचानलाई सधैँ आत्मासाथ गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button