तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सभाको बैठक फागुन १८ गते आह्वान

दाङ । लुम्बिनी प्रदेशको हिउँदे अघिबेशन फागुन १८ गते शुक्रवार दिउँसो ३ बजे आह्वान गरिएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रीपरिषद्को निर्णयसहित मुख्यमन्त्रीबाट गरिएको सिफारिस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गर्नुभएको हो।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा बस्ने गरि प्रमुख शेरचनले अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भुमिश्वर ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button