तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति बैठक : अस्थायी शिक्षकसँग शिक्षा विधेयकमाथि छलफल

काठमाडौँ । सामुदायिक विद्यालयमा पढाउने  राहत शिक्षकले सरकारले आफूहरूलाई स्वतः स्थायी गरिनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा  विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गर्न आज बसेको बैठकमा नेपाल राहत शिक्षकका  अध्यक्ष खेमराज अधिकारीले २० वर्षदेखि राहत रहेका शिक्षकलाई पाखा लगाउने गरी सरकारले विद्यालय शिक्षा विधेयक अघि बढाएको भन्दै  विधेयक संशोधन गरिनुपर्नेमा जोड दिनुभयो । 

समितिका सभापति भानुभक्त जोशीले विधेयकमाथि सरोकारवाला सबैसँग छलफल गरेर मात्रै टुङ्गोमा पुग्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button