तपाईँ सुन्दै हुनुहुन्छः

आइसल्याण्डमा शृङ्खलाबद्ध भूकम्पपछि आपतकालको घोषणा

काठमाडौं।आइसल्याण्डमा ज्वालामुखी विष्फोटको सम्भावना बढ्दै गएको छ । खासगरी दक्षिणपश्चिमी शहर ग्रिन्डाभिक शहर खतरामा रहेको सो क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसहरूलाई स्थानान्तरण गरिएको छ ।

करिब चार हजार मानिसको बसोबास रहेको ग्रिन्डाभिक शहर भित्रिने सबै सडक आकस्मिक बाहेकका लागि बन्द गरिएको छ । आइसल्याण्डमा शृङ्खलाबद्ध भूकम्पपछि अहिले आपतकाल घोषणा गरिएको छ ।

आइसल्याण्डको मौसम विज्ञान कार्यालय आईएमओले विस्फोटको ठूलो जोखिम रहेको बताएको छ । रेक्जेनेस प्रायद्वीपमा विस्फोटको सम्भावना बढेको छ । विष्फोट आगामी केही दिनहरूमा कुनै पनि समयमा सुरु हुन सक्ने चेतावनी दिईएको छ ।

हालैका हप्ताहरूमा ज्वालामुखी वरपर हजारौं भूकम्पहरू रेकर्ड गरिएका छन् । भूकम्पले ग्रिन्डाभिक र आसपासका सडक र भवनमा क्षति पुर्‍याएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिणपश्चिम आइसल्याण्डमा २० हजार भन्दा बढी भूकम्पहरू रेकर्ड गरिएको छ ।

ज्वालामुखी नजिकै हालैका वर्षहरूमा रेक्जेनेस प्रायद्वीपमा २०२१ मार्च, २०२२ अगस्त र २०२३ जुलाईमा तीनवटा विष्फोटहरू भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button