तपाईँ सुन्दै हुनुहुन्छः

गाजामा रहेको संयुक्त राष्ट्रसंघ एजेन्सीको मुख्यालय इजरायली हवाई आक्रमणबाट प्रभावित

गाजा। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले गाजामा रहेको आफ्नो मुख्यालय इजरायली हवाई आक्रमणको सिकार भएको र त्यहाँ शरण लिइरहेका प्यालेस्टिनी शरणार्थीहरूको हताहत भएको जानकारी दिएको छ।

शनिबार वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार संयुक्त राष्ट्रसंघ एजेन्सीले आक्रमणबाट आफ्नो परिसरमा शरण खोजिरहेका मानिसहरूको मृत्यु भएको जनाउएको छ । साथै घाइतेहरूप्रति गहिरो चिन्ता समेत व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ – नागरिक पूर्वाधारको रक्षा गर्न र संयुक्त राष्ट्रसंघबाट दिइएको मानवीय सहयोगलाई सुरक्षित राख्नु पर्ने आवश्यकतालाई जोड दिइएको छ।

हालसम्म यस घटनाको बारे इजरायली पक्षबाट कुनै प्रतिक्रिया आएको छैन।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button