तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा उपचाररत भूकम्पका ४६ घाइते घर फर्किए

नेपालगन्ज । जाजरकोट भूकम्पमा परी घाइते भएर नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत ४६ जना डिष्चार्ज भएका छन् । आज थप ६ जना निको भएर घर फर्केपछि उपचारपछि डिष्चार्ज हुनेको सङ्ख्या ४६ पुगेको हो ।

उनीहरुलाई सम्बन्धित जिल्लाको घर नजिकसम्म भेरी यातायात व्यवसायी सङ्घको समन्वयमा निःशुल्क पठाइएको हो । बाँके युनेस्को क्लबले उपलब्ध गराएको २५ किलो चामल, ५ किलो दाल र २ लिटर तेल समेतको राहत प्याकेजसहित उनीहरूलाई घरतर्फ पठाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रावणकुमार पोखरेलले जानकारी दिनुभयो । उनीहरुलाई कम्मल र त्रिपाल पनि १/१ थान विपद व्यवस्थापन समितिले उपलब्ध गराएको छ ।

अब भेरी अस्पतालमा जाजरकोट भूकम्पका ८ जना मात्र उपचाररत छन् । ५८ जना उपचारका लागि भर्ना भएकोमा ३ जनालाई काठमाडौँ रिफर गरिएको थियो भने एक जनाको मृत्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button