तपाईँ सुन्दै हुनुहुन्छः

चीनद्वारा नेपाललाई  झण्डै ३० करोडको राहत सामग्री हस्तान्तरण

कास्की । चीनले ३० करोडको राहात सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ।  आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मूल्य बराबरको सामाग्री बुझेपछि उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त  गर्नु भएको छ ।

चिनियाँ राजदूत छन् सङले  झण्डै ३० करोड बराबरको राहत सामाग्री नेपाललाई हस्तान्तरण गर्नु भएको हो  । चिनियाँ राजदूत सङले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री  हस्तान्तरण गर्नु भयो ।

नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुवै मुलुक एकअर्काको दुखमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनु भयो ।

त्यस क्रममा राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गर्नु भयो ।  

दुईवटा एयरक्राफ्टबाट ४ हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन् ।  पोखरा आएको सामाग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button