तपाईँ सुन्दै हुनुहुन्छः

अस्पताल विकास समिति खारेज गर्ने सरकारको निर्णय 

दाङ । लुम्बिनी प्रदेश सरकारको बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले अस्पताल विकास समिति गठनको गठनादेश खारेज गरेको छ ।

मन्त्रीपरिषद् बैठकले प्रदेश सरकार अन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिनु भयो । 

उहाँले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत समेत गरिएको छ । त्यसै गरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति (चौथो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरिएको छ । 

त्यसै गरेर सिकलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत, आँखाको नानी निःशुल्क प्रत्यारोपण (कर्निया ट्रान्सप्लान्टेसन) शोध भर्ना सम्बन्धी कार्यविधि, २०८० स्वीकृत भएको छ । 

चालिस वर्षभन्दा माथिको लागि नसर्ने मधुमेह, उच्च रक्तचाप र मृगौला रोग स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने, ज्येष्ठ तथा अति असक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय भएको गृहमन्त्री पाण्डेले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button