तपाईँ सुन्दै हुनुहुन्छः

बजारीकरणका लागि बाजुराका स्याउ जिल्ला बाहिर लगिँदै

बाजुरा । यस बर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएपछि बजारीकरणका लागि जिल्ला बाहिरका ठुला सहरहरूमा पठाउने तयारी भएको छ ।

‘बाजुराको प्राङ्गारिक स्याउ एक पटक सबैले खाऊ’ भन्ने नाराका साथ बाजुरामा उत्पादित स्याउ सुदूरपश्चिमको अत्तरिया, धनगढी, लगायतका बजारमा पुर्‍याउन लागिएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख हरि प्रसाद पनेरुले बताउनुभयो ।

बर्सातले जिल्लाका ग्रामीण सडक अवरुद्ध भई स्याउ ढुवानी गर्न केही ढिलाइ भएपछि समस्या हुने हो की भन्ने चिन्तामा रहेका स्याउ कृषक भने ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानसहित बजारीकरण गरिदिन सम्झौता गरिदिएपछि निकै खुशी भएका छन्।

निकै मीठो र अर्ग्यानिक मानिएको बाजुराको स्याउ उपभोक्ताको पहिलो रोजाइमा पर्दै आएको छ। बाजुरा जिल्लाभरि एक सय ७० हेक्टर क्षेत्रफलमा एक हजार २० मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button