तपाईँ सुन्दै हुनुहुन्छः

मधेशमा गर्मी बढ्यो, जनजीवन प्रभावित

जनकपुरधाम । मधेश प्रदेशमा अत्यधिक तापक्रम बढेका कारण जनजीवन प्रभावित बनेको छ । दिउँसो १२ बजेपछि यस क्षेत्रको तापक्रम ४१ डिग्री सेल्सियस पुगेका कारणले जनजीवन नराम्रोसँग प्रभावित भएको छन् ।

चर्को गर्मीका कारण बजार क्षेत्रमा मानिसको चहलपहल कम भएको छ । अत्यधिक गर्मीका कारण खुल्ला आकाशमा काम गर्ने मजदुरहरू धेरै प्रभावित भएका छन् ।

बढेको तापक्रम र तातो हावाका कारण घाउ खटिरा आउने, शरीर चिलाउने, टाउको दुख्ने, रिँगटा लाग्ने, ज्वरो आउने लगायतका स्वास्थ्य समस्या देखिन थालेका छन् ।

बढ्दो गर्मीसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अत्यधिक गर्मी बढेका कारण बालीनाली सुक्न थालेका छन् । तरकारी बाली प्रभावित भएको छ । कतिपय चापाकलमा पानी आउन पनि बन्द भएको छ ।

अत्यधिक गर्मीका कारण चिसो पेय पदार्थका साथै खरबुजा, काँक्रो, सातु, निमुपानी, कुल्फी, आइसक्रिम जस्ता खाद्य पदार्थको बिक्री बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button