तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानबाट तीन महिनामा १८ करोड बढीको कृषिजन्य वस्तु निकासी

सल्यान । सल्यानबाट तीन महिनाको अवधिमा १८ करोड बढीको तरकारी निकासी भएको छ । 

कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अनुसार असार १ देखि भदौ ३१ गतेसम्म ३१ लाख २१ हजार ८ सय ८६ किलो ताजा तरकारीबाट १८ करोड ४० लाख ७१ हजार २ सय ११ रुपैयाँ भित्रिएको छ । 

३० लाख ३० हजार ४ सय ५९ किलो ताजा तरकारी, ५२ हजार ९ सय ८३ किलो अदुवा र ३८ हजार ४ सय ४४ किलो फलफूल जिल्ला बाहिर निकासी भएको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिनु भयो । 

सञ्चालक समितिका अनुसार जिल्लाबाट सबैभन्दा धेरै टमाटर निकासी भएको छ । तीन महिनाको बिचमा १० लाख ३१ हजार ७ सय ७८ किलो टमाटरबाट ६ करोड ९४ लाख १७ हजार ५ सय ७४, ६लाख १२ हजार ८ सय ५४ किलो बन्दा गोभीबाट १ करोड ३२ लाख ३० हजार ७ सय ३८, ३५ हजार ३ सय ५६ किलो काउलीबाट २ करोड १२ लाख ७५ हजार ७ सय ६०, २ लाख ९२ हजार ७७ किलो सिमीबाट २ करोड ५६ लाख ४ सय २३, २ लाख ९६ हजार ५ सय ९९ किलो भेडे खुर्सानीबाट २ करोड १५ लाख ४२ हजार ५ सय ३३, ७४ हजार ४ सय ४९ किलो हरियो खुर्सानी मोटोबाट ४६ लाख ८ हजार ८ सय १४, ५४ हजार १ सय ४१ किलो हरियो खुर्सानी मसिनोबाट २८ लाख ९५ हजार ९ सय ४९, ४० हजार ६ सय ८० किलो माछे खुर्सानीबाट २३ लाख ७८ हजार  ९ सय ८६ रुपैयाँ भित्रिएको समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिनु भयो । 

यस्तै १ लाख ४५ हजार १ सय ५० किलो काँक्रोबाट ५० लाख ४१ हजार ४५ रुपैयाँ, ४४ हजार ६ सय ६७ किलो लोकल काँक्रोबाट ३४ लाख ६३ हजार ३ सय ८ रुपैयाँ, २३ हजार २ सय ५८ किलो मुलाबाट १० लाख २९ हजार ४९ रुपैयाँ, ५२ हजार ३ सय ५८ किलो पुरानो अदुवाबाट ७४ लाख ८९ हजार ८ सय ७६ रुपैयाँ, ६ सय २५ किलो नयाँ अदुवाबाट ४८ हजार ८ सय ७५ रुपैयाँ, ८हजार ३ सय ६४ किलो सागबाट ७लाख ४३ हजार ६ सय ५ रुपैयाँ, ७ हजार १ सय ९० किलो धनियाँबाट ८० लाख ८ हजार ८ सय १२ रुपैयाँ, १७ हजार २ सय ६ किलो नास्पातीबाट २६ लाख २ हजार ७ सय ७० रुपैयाँ, १६ हजार ७ सय ८८ किलो आँपबाट ५८ लाख १ हजार ५ सय ६० रुपैयाँ जिल्लामा भित्रिएको शर्माको भनाई छ । 

यस्तै ४ हजार ५ सय ५० किलो कागतीबाट २६ लाख ६ हजार १ सय २५ रुपैयाँ, १ हजार २ सय १० किलो स्कुसबाट ३० हजार ९ सय ५० रुपैयाँ, ७ सय ४० किलो फर्सीबाट २७ हजार ८ सय रुपैयाँ, ६ हजार ६ सय ४६ किलो भान्टाबाट २ लाख ५५ हजार ७ सय ५२, ५ हजार ९ सय ६ किलो तिते करेलाबाट २ लाख ५५ हजार ७ सय ५२ रुपैयाँ, ६ हजार ५ सय ९० किलो आलुबाट २४ लाख रुपैयाँ, ३ हजार ७५ किलो लोकल सिमीबाट २ लाख ८७हजार ३ सय ७५ रुपैयाँ, ६ सय ४० किलो राजमा सिमीबाट ८८ हजार ८ सय र १ हजार ५ सय ८० किलो लसुनबाट १ लाख २६ हजार ४ सय रुपैयाँ किसानले प्रत्यक्ष रुपमा पाएको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button