तपाईँ सुन्दै हुनुहुन्छः

मालीमा लडाकु समूहद्वारा आक्रमणः ४९ सर्वसाधारणसहित ११४ जनाको मृत्यु

उत्तर पूर्वी मालीमा इस्लामिक लडाडुहरुले नदीमा रहेको डुंगामा आक्रमण गर्दा ४९ जना सर्वसाधारणको मृत्यु भएको त्यहाँको अन्तरिम सरकारले जनाएको छ ।

लडाकुहरुले सेनाको क्याम्पमा समेत आक्रमण गरेको छन् । सो आक्रमणका क्रममा १५ जना सैनिकहरू मारिनुका साथै ५० जना विद्रोहीहरु समेत मारिएको बताइएको छ ।

सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । विश्वभर भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहको जोखिम रहेको आँकलन गरिरहेका बेला इस्लामवादीहरुको खतरा झन् बढ्दै गएको हो ।

मालीको उत्तरी सहर टिम्बक्टुमा गत महिनाको अन्त्यदेखि नाकाबन्दी जारी छ । पछिल्लो समय सो स्थानमा चल्ने यातायातका साधनमा धेरै आक्रमणहरू भएका छन् ।

नाइजर नदीमा गाओ शहरबाट मोप्तीतर्फ जाँदै गरेको डुङ्गामा लडाकुहरूले आक्रमण गरेको बताइएको छ । गाओ क्षेत्रको बोरेम सर्कलमा रहेको सेनाको शिविरमा पनि विद्रोहीहरुले आक्रमण गरेका छन् । मालीमा सन् २०२० देखि सैनिक शासन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button