तपाईँ सुन्दै हुनुहुन्छः

जी–२० लाई भिडियो सम्बोधन गर्ने पुटिनको योजना छैन : क्रेमलिन

मस्को। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा भिडियो सम्बोधन गर्ने योजना नबनाएको क्रेमलिनले बिहीबार जनाएको छ ।

गत वर्ष बालीमा भएको शिखर सम्मेलनमा युक्रेनमा जारी द्वन्द्वका कारण मस्को र पश्चिमा मुलुकबीच तनावपूर्ण सम्बन्ध रहेका बेला यो बैठक हुन लागेको हो ।

के पुटिनले छुट्टै भिडियो सम्बोधन गर्नुहुनेछ भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “होइन, कुनै योजना छैन ।”

उहाँले सबै कामको नेतृत्व रूसी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका विदेशमन्त्री सर्गेइ लाभरोभले गर्ने बताउनुभयो ।

दक्षिण अफ्रिकालाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको वारेन्टअन्तर्गत पुटिनलाई पक्राउ गर्न बाध्य पार्ने कि नगर्ने भन्ने विवादपछि जोहानेसबर्गमा अगस्टमा भएको ब्रिक्स बैठकमा पनि लाभरोभले रूसको प्रतिनिधित्व गर्नुभएको थियो ।

अन्त्यमा पुटिनले भिडियो लिङ्कमार्फत सम्बोधन गर्नुभयोे, जसमा उनले युक्रेनमा जारी द्वन्द्वका लागि पश्चिमा मुलुकलाई दोषी रहेको आरोप लगाउनुभएको थियो ।

अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा पुटिनको निमन्त्रणाले केही पश्चिमा राष्ट्रहरूलाई आक्रोशित बनाएको छ, उनीहरूले पुटिनलाई युक्रेनमा मस्कोको गतिविधिको विरोधमा प्रस्तुत गर्न खोजेका छन्।

द्वन्द्व, जीवाश्म ईन्धनको चरणबद्ध अन्त्य र ऋण पुनर्संरचनाको बारेमा गहिरो असहमतिले नयाँ दिल्लीमा दुई दिने बैठकमा गरिएका कुनै पनि सम्झौताहरूमा बाधा पु¥याउने सम्भावना छ ।

संयुक्त राज्य अमेरिका र भारतसँगको विवादित सीमासँग तनाव बढिरहेका बेला विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ पनि बैठकमा सहभागी हुनुहुने छैन ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button