तपाईँ सुन्दै हुनुहुन्छः

बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसनद्वारा सांसद पदबाट राजीनामा

काठमाडौँ ।  बेलायतका पूर्व प्रधानमन्त्री एवं टोरी पार्टीका प्रभावशाली सांसद बोरिस जोनसनले सांसद पदबाट राजिनामा दिनुभएको छ ।

सांसदको नेतृत्वमा रहेको विशेषाधिकार समितिको प्रतिवेदनले प्रधानमन्त्री भएका बेला डाउनिङ स्ट्रिटमा लकडाउनको नियम उल्लंघन गरेर पार्टी गरेको र संसदलाई गुमराहमा राखेकोमा दोषी ठहर गरेसँगै जोनसनले राजिनामा दिनुभएको हो ।

पार्टीगेट रिपोर्टको अग्रिम प्रतिलिपि प्राप्त गरेपछि बोरिस जोनसनले टोरी सांसदको रूपमा तुरुन्तै राजिनामा गर्ने बताउनु भएको हो । जोनसनले आक्रोशित हुने आफूलाई पार्टीबाटै निस्कासन गर्ने रणनीति लिएको आरोप लगाउनु भयो ।

विशेषाधिकार समितिले भने जोनसले हाउस अफ कमनस्सको अखण्डतालाई खण्डन गरेको जनाएको छ । साथै सदनको कार्यविधि र जनादेशका पालनाका विषयमा छिट्टै प्रतिवेदन सार्वजनिक गरिने बताइएको छ । त्यसका लागि आगामी सोमबार बैठक बोलाइएको छ ।

जोनसनले प्राप्त गरेको अग्रिम प्रतिवेदनका आधारमा राजिनामा दिंदै अनुसन्धान पूर्वाग्रही भएको आरोप लगाउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button