तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा अस्पतालको विकास लागि सरकारले सहयोग गर्छ : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा अस्पतालको विकास लागि नेपाल सरकारले सहयोग गर्ने बताउनुभएको छ । 

गोरखा जिल्ला जिल्ला अस्पतालको स्वर्ण महोत्सवमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “गोरखाको शिक्षा, स्वास्थ्य, सडक सञ्जाल, जलविद्युत परियोजना, गोरखकाली रबर उद्योग, पालुङटार एयरपोर्ट, कृषि करिडोरको विकास निर्माण र सेवालाई गति दिनेछु ।”

उहाँले सरकारको सय दिन उतारचढावमा रहेका कारण आफ्नो निर्वाचन क्षेत्रमा बाक्लो उपस्थिति हुन नसकेको बताउनुभयो । राजनीतिले एउटा स्थिरता कायम गरेका कारण अब विकासको गति अघि बढ्ने पनि उहाँले बताउनुभयो । 

प्रधानमन्त्री दाहालले आज गोरखा जिल्ला जिल्ला अस्पताल आइसियु वाडको उद्घाटन पनि गर्नुभयो । 

कार्यक्रममा गोरखा अस्पतालको विकासमा सहयोग गर्ने पूर्व अध्यक्ष, पूर्व मेडिकल सुपरिटेन्डेन्ट, निवृत्त कर्मचारीहरूलाई सम्मान गरिएको थियो । 

श्वासप्रश्वासमा समस्या भएका, कोमामा गएका बिरामी, रोगले च्यापेका बिरामीको उपचारका लागि आइसियु सेवा सञ्चालनमा ल्याइएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरि कुमार श्रेष्ठले बताउनुभयो । कार्यक्रममा स्वर्ण जयन्तीको स्तम्भ अनावरण र स्वर्ण स्मारिका लोर्कापर्ण समेत गरिएको थियो । 

२०२९ साल चैत्र महिनामा स्थापना भएको गोरखा अस्पतालमा डायलिसिस, एच्डीयु, थेरापी, स्त्री रोग, हाडजोर्नी रोग, सुरक्षित गर्भपतन, पाठेघर खसेका लगायतका लगायतका सेवाहरू उपलब्ध हुँदै आएको छ । 

प्रदेश सरकार मातहत रहेको गोरखा अस्पताल २०७८ चैत महिनामा नयाँ भवनबाट सेवा सुरु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button