तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा कृषकलाई आलुको बीउ वितरण

बाजुरा ।बाजुरामा कृषकहरूलाई आलुको बीउ वितरण गरिएको छ।कृषि ज्ञान केन्द्र बाजुराले बडिमालिका नगरपालिका वडा नम्बर ८ र ९ का कृषकलाई आलुको बिउ वितरण गरेको हो।

ज्ञानकेन्द्र बाजुराले कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण शुरु गरेको जनाएको छ।कृषकलाई आलु खेतीमा उत्प्रेरित गरि आत्मनिर्भर बनाउनका लागि आलुको बिउ वितरण गरेको ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिन प्रसाद जैशीले बताउनुभयो।बडिमालिका ८ र ९ का कृषकले १ सय ८० क्विन्टल आलुको बिउ माग गरेका थिए।कृषकहरूको माग अनुसार नै पहिलो चरणमा बडिमालिका वडा नम्बर सातको ढम्कने बाट अर्ग्यानिक आलुको बीउ वितरण गरिएको सूचना अधिकारी जैसीले बताउनुभएको छ ।

आलु लगाउने समयमा बिउको अभाव भएको कृषकको गुनासोलाई ज्ञान केन्द्र बाजुराले सम्बोधन गरिदिएपछि कृषकहरू खुसि भएका छन्। बडीमालिका नगरपालिकाका ८ र ९ को गणखेत, वाउली खर्रा, विरखम्म, जिउला, कोठेरा, ,ऐडिबाडा, रौले खेत, दैयारा,बडुवाल बाडा र जिउलामा प्रशस्त मात्रामा आलुखेति गरिँदै आएको छ ।

कृषकको माग अनुसार जिल्लाभरीनै आलु लगायत मौसमी बालिहरुको बीउ ५०प्रतिशत अनुदानमा वितरण गरिने ज्ञान केन्द्र बाजुराले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button