तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती सोनारीमा आगलागी, ६ घर जलेर नष्ट

बाँके । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँमा आज बेलुका आगलागी हुँदा आधा दर्जन घर र ३ वटा गोठ जलेर नष्ट भएका छन्।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीका जानकारी अनुसार बच्चाहरू खेल्ने क्रममा रमेश गद्दीको घरबाट सुरु भएको आगलागीमा आधा दर्जन घर र ३ वटा गोठ पूर्ण रुपमा जलेका छन् ।

नरैनापुर गाउँपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। दमकल समयमै आएकोले मानवीय क्षति भने नभएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

उहाँले हावा हुरीको मौसममा खाना पकाउँदा वा पकाइसकेपछि सावधानी अपनाउन सर्वसाधारणसँग आग्रह गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button