तपाईँ सुन्दै हुनुहुन्छः

संसदले गति लिएको छः सभामुख सापकोटा

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले वर्षे अधिवेशनले गति लिइरहेको बताउनुभएको छ ।

चौतारा सांगाचोकगढी नगरपालिका–५ स्थित चौतारा बहुमुखी क्याम्पसमा बुधबार आयोजित कार्यक्रममा उहाँले पुनः स्थापित सदनबाट नै विभिन्न विधेयक पारित हुँदै समस्याको समाधान निस्केको उल्लेख गर्नुभयो ।

सभामुख सापकोटाले एघारौँ अधिवेशनबाट दुई दर्जन भन्दा बढी विधेयक पारित भएको बताउनुभयो । उहाँले दर्शन, विचारमा मन्थन कम हुन थालेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।

उहाँले शिक्षाले मानिसको दिमागलाई तालिम दिने भन्दै नयाँ पुस्ताले विज्ञान प्रविधिलाई अझ धेरै बुझ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button