तपाईँ सुन्दै हुनुहुन्छः

रुसी आक्रमणमा थेग्न नसके पछि केही भू–भाग छाड्न परेको युक्रेनको भनाइ

काठमाडौं  । युक्रेनले पूर्वमा रहेको केही भू–भाग रुसी आक्रमण पछि छाड्न परेको बताएको छ । 

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पूर्वी क्षेत्र डोनबासमा रुसी सेनाको आक्रमण थेग्न नसकेर केही भू-भाग छाड्न परेको बताउनु भयो ।

युक्रेनले छाडेको क्षेत्रहरु रुसले कब्जामा लिएको छ । 

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सैन्य गठबन्धन प्रमुखले कुनै हालतमा पनि रुसलाई युद्धमा विजय हुन दिन नहुने बताउनु भएको छ । 

उता रुस युक्रेन युद्ध र सिरियामा हुन सक्ने टर्कीको सैन्य हस्तक्षेप जस्ता विषय छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रसिप तैएप एरडोवान बीच आज रुसी सहर सोचिमा भेट हुँदै छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button