तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुखमा नेकपा एसका लामा विजयी

ताप्लेजुङ । जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुखमा नेकपा एसका छिरिङ लामा विजयी बन्नुभएको छ  । 

गठबन्धनबाट उम्मेदवारी बन्नु भएको लामाले नेकपा एमालेका घनेन्द्र मादेनलाई पराजित गर्नु भएको हो । कुल १९ मतदाता रहेको जिल्लामा लामाले १० मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मादेनले ८ मत प्राप्त गर्नुभएको थियो ।

नौ स्थानीय तह रहेको ताप्लेजुङमा नेपाली काँग्रेसका ६, नेकपा माओवादीका ५, नेकपा एसका १ गरी गठबन्धनका १२ जना मतदाता रहेको थिए । यता नेकपा एमालेको ६ मतदाता रहेपनि मादेनलाई ८ मत प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ । समन्वय समितिको उपप्रमुखमा भने नेपाली काँग्रेसका कृष्णप्रसाद लिङखिम निर्विरोध चयन हुनुभएको छ । 

समितिका ७ सदस्यमा पनि गठबन्धनका सबै विजयी बन्नुभएको छ । नेपाली काँग्रेसका तर्फबाट चन्दकला दाहाल, सविता लिम्बु, हेमन्ता पौडेल र विष्णुकुमार तिवारी माओवादीबाट सन्तोष राई र भूपाल मादेन र नेकपा एसबाट रवीन्द्र कुमार वनेम चयन हुनुभएको छ । 

वनेम नेपाली काँग्रेसका भएपनि स्थानीय तहको निर्वाचनका क्रममा एसको चुवान चिन्ह कलमबाट निर्वाचित हुनुभएको थियो । मादेन भने समन्वय समितिको निवर्तमान प्रमुख रहनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button