तपाईँ सुन्दै हुनुहुन्छः

बाढी प्रभावितलाई सहयोग हस्तान्तरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ७ का युवाहरू महेश लाल श्रेष्ठ, श्याम श्रेष्ठ तथा अन्य युवाबाट सङ्कलित रकम मेलम्ची हेलम्बुका बाढी प्रभावितलाई हस्तान्तरण गरिएको छ । 


शनिवार हेलम्बुका २२ घरधुरी प्रभावितलाई रु दश हजारका दरले सहयोग रकम वितरण गरिएको हो । त्यस्तै मेलम्ची पुनः निमार्ण सरोकार समितिलाई २ लाख हस्तान्तरण गरिएको अभियन्ता मनिष श्रेष्ठले जानकारी दिनुभयो । छिमेकी पालिकामा विपद् पर्दा सहयोग गर्न पाएकोमा अभियन्ता महेश लाल श्रेष्ठले खुसी व्यक्त गर्नुभयो ।


असार १ को बाढीले मेलम्ची र हेलम्बुका चार सय २० घरधुरी विस्थापित भएका छन् । पाँच जनाको मृत्यु भएको छ भने २० जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button