तपाईँ सुन्दै हुनुहुन्छः

छिन्नलता पुरस्कार घोषणा : सङ्गीत तर्फ मनराजा नकर्मीलाई 

काठमाडौँ ।  गीत-सङ्गीतको  क्षेत्रमा  विशिष्ट  योगदान  पुर्‍याउने  स्रष्टालाई  दिइँदै  आएको  छिन्नलता  गीत  पुरस्कार  तथा  सम्मानको  घोषणा  गरिएको  छ  ।

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीका अनुसार गुठीको साधारण सभाले २०७९ र २०८० सालको छिन्नलता गीत पुरस्कार तथा सम्मान घोषणा गरेको हो । २०७९ सालका लागि छिन्नलता गीत पुरस्कार भूषण खरेल (गीत रचना), मनराजानकर्मी (सङ्गीत) र शिव परियार (गायन) लाई प्रदान गरिने भएको छ ।

त्यस्तै लोकप्रिय युवा प्रतिभा पुरस्कार मेनुका पौडेललाई दिइने भएको छ । २०८० सालको पुरस्कार वीरेन्द्र पाठक (गीत रचना), चण्डी काफ्ले (सङ्गीत) र मनिला सोताङ (गायन) लाई प्रदान गरिने गुठीले जनाएको छ । लोकप्रिय युवा प्रतिभा पुरस्कार भुपु पाण्डेलाई दिइने भएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button