तपाईँ सुन्दै हुनुहुन्छः

नदीमा डुबेर युवतीको मृत्यु

दाङ । राप्ति नदिमा डुबेर एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका–७ बनघुस्री स्थित राप्ती नदिमा नुहाउन गएकी राजपुर–२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ । सरिता केही दिन अघि बनघुस्रीस्थित माइतीघर आउनुभएको थियो ।

१२ वर्षीया कोपिला चौधरीलाई बचाउन खोज्दा सरिता पानीमा डुबेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button