तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको मटिहानीमा भीषण आगलागी

बर्दिबास । महोत्तरीको मटिहानीमा भीषण आगलागी भएको छ । 

मटिहानी नगरपालिका वडा नम्बर–६ स्थित जर्लाहावा गाछीमा करिब सयवटा घरमा आगो लागेको मटिहानी नगरपालिकाको नगर प्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो । 

आगो नियन्त्रणका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणीयन्त्र, बिहार अग्नि वाहन ,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटी, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरूद्वारा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको नगर प्रमुख मण्डलले बताउनुभयो । 

मटिहानी नगरपालिकाले आगो नियन्त्रणमा सहयोग गर्न सबैलाइ आग्रह गरेकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button