तपाईँ सुन्दै हुनुहुन्छः

कार दुर्घटना हुँदा एक जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ बिउनौलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार नवदुर्गा गाउँपालिकाबाट जिल्ला सदरमुकाम आउँदै गरेको से१ज २०६७ नम्बरको कार दुर्घटना हुँदा अमरगढी ७ का केशव भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते चालक रोचन भट्टराईलाई डडेल्धुरा अस्पतालले रेफर गरिएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको डडेल्धुराका प्रहरी प्रमुख डिएसपी दीपक कार्कीले जानकारी दिनुभयो ।

मृतक केशव भट्टराई वि.सं. २०५४ सालमा अमरगढी–७ का वडाध्यक्ष हुनुहुन्थ्यो भने रोचन वि.सं. २०७४ मा अमरगढी ७ का वडा सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button