तपाईँ सुन्दै हुनुहुन्छः

ढाका बुन्ने तालिम लिएर व्यवसायिक बन्ने धुनमा महिलाहरु

स्याङ्जा । स्याङ्जाको वालिङका महिला ढाका बुन्ने तालिम लिएर व्यवसायिक बन्ने धुनमा लागेका छन् ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र वालिङ नगरपालिका–९ तल्लो वालिङमा रहेको कानुङ आँधीखोला बचत तथा ऋण सहकारी संस्थाले त्यस्तो अवसर जुटाई दिएको हो ।

मन्त्रालयको महिला लघु उद्यम तथा उद्यमशील विकास कार्यक्रमबाट व्यावसायिक ढाका बुनाइ सीप विकास तालीमको सञ्चालन भएपछि तालीममा सहभागीहरू व्यावसायिक रूपमा ढाका बुनेर स्वरोजगार बन्ने योजनामा रहेका छन् ।

तालीममा सहभागी वालिङ–२ की लीला रानाले ढाका बुन्ने काम सिक्न पाएकोमा आफूलाई धेरै खुसी लागेको बताउँनुभयो ।

वालिङ–९ की भगवती रानाले सिकेको सीप आफूमा मात्रै सीमित नराखेर आफ्नो टोलका महिला दिदीबहिनीहरूलाई समेत सिकाउने जानकारी दिनुभयोे ।

तालीम प्रशिक्षकहरु रुपा राना र मीनुकुमारी रानाले अहिले सल र खादा बनाउन सिकाइएको र ढाका बुनाइबाट घरमै बसेर फुर्सदको समयमा काम गरेर पनि राम्रो आम्दानी लिन सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button