तपाईँ सुन्दै हुनुहुन्छः

विशेष आर्थिक क्षेत्रमा लकडाउनमा पनि काम जारी

भैरहवामा रहेको देशको एकमात्र विशेष आर्थिक क्षेत्रमा लकडाउनको समयमा पनि काम भइरेहको छ ।

विशेष आर्थिक क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न ३ उद्योगहरुले लकडाउनको समयमा पनि उत्पादन गरेर स्वदेशी बजारमा पठाउनुका साथै विदेशमा समेत निर्यात गरेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ ।

यस अवधमिा ३ उद्योगहरुले १४ करोडको उत्पादन गरी निर्यात तथा आन्तरिक खपत गरेको प्राधिकरणका उपसचिव सुन्दर थापाले जानकारी दिनु भयो । विशेष आर्थिक क्षेत्र भित्र विद्युतको सव स्टेशन निमार्ण गर्ने योजना रहे पनि अहिले सम्म निर्माण हुन नसकेको जानकारी दिनु भयो ।

विशेष आर्थिक क्षेत्रमा चैत्रमा र बैशाखमा विभिन्न उद्योगले उत्पादन शुरु गर्ने तयारी गरेको भए पनि लकडाउनको कारण काम हुन नसक्दा शुरु नभएको सम्बन्धित उद्योगीहरुले जनाएका छन् ।

सरकारले सिमरामा निमार्ण सम्पन्न गरेको गार्मेन्ट प्रोसेसिडं जोनमा भने अहिले सम्म कुनै पनि उद्योगीले उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेका छैनन् ।

गार्मेन्ट प्रोसेसिङ जोनमा विद्युत र टेलफोनका सबस्टेशन निर्माणको काम अझ सम्पन्न हुन सकोको छैन ।

उद्योगीहरुले गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगको भाडा घटाएर ३ देखि ५ रुपैया प्रतिमिटर गर्नु पर्ने, कृषिलाई जस्तो सहुलियतामा बैक ऋणको व्यवस्था हुनु पर्ने, पुराना मेशिनहरु लैजान पाउनु पर्ने लगायतका माग अघि सारेको प्राधिकरणले जनाएको छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले २०७५ बैशाख ९ गते सूचना निकालेर उद्योगीहरुबाट प्रस्ताव आव्हान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button