तपाईँ सुन्दै हुनुहुन्छः

इन्डकसन चुल्होको बिक्री शुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्ताको मागलाई ध्यानमा राखेर इनडक्सन चुल्होको बिक्री पुनः सुरु गरेको जनाएको छ ।

शनिबारदेखि काठमाडौं उपत्यकामा होम डेलीभरी सेवासंगै इन्डक्सनको पुःन बिक्रि सुरु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले बाल्ट्रा कम्पनीको इन्फ्रारेड इन्डक्सन चुल्हो र नेपाल जडिबुटी कम्पनीको स्यानिटाइजर, साल्ट ट्रेडिङको आयो नुन, गहुँको पिठो र दुग्ध विकास संस्थानको शुद्ध घिउ पनि बिक्री गरेको जनाएको छ ।

यसअघि चामल, गेडागुडी लगायतका खाद्यान्न चक्रपथभित्र मात्रै डेलिभरी सेवा दिएको कम्पनीले सस्तो डिलसँगको सहकार्यमा सेवा विस्तार गर्दै होम डेलिभरीको सेवा चक्रपथ बाहिर समेत विस्तार गरेको छ ।

चक्रपथ बाहिर व्यापार विस्तारका लागि सस्तोडील कम्पनीसँग सम्झौता गरी सहकार्य गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनु भयो ।

थप कम्पनीसँग सहकार्य गरेर धेरै सहभागितामा बजार विस्तारको योजनामा कम्पनी रहेको र काठमाडौका ५ स्थानमा लकडाउनको बेला सञ्चालनमा रहेका सुपथ मूल्यका पुसलहरु पनि यथावत रुपमा सञ्चालनमा रहेको पनि सुवेदीले जानकारी दिनु भयो ।

बाल्ट्रा कम्पनीको इन्डक्सन चुल्हो ४ हजार रुपैयाँमा बेच्न थालेको र अनलाइन सामान किन्न गर्न नेपाल फुड डटजीओभी डटएनपीबाट अर्डर गर्न पनि सकिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button