बारामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
बारा । बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुरका एक जना यूवकको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
कलैयाबाट गंजभवानीपुरतर्फ गइरहेको ना४६प ३६६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक २५ बर्षिय पशुराम यादवको मृत्यु भएकोे प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ । दुर्घटना बिहीबार राती साढे ८ बजे भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्