तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा बोलेरो जीप दुर्घटना, पाँच जना घाइते

दोलखा । शुक्रबार बिहान बा १८ च ५१४८ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ सुरीका पाँच जना घाईते भएका छन् ।

माटो लिन गाँउ नजिकै गएको बोलेरो जीप सुरी काप्तीमा कच्ची सडकबाट झण्डै चार सय मीटर तल खसेर दुर्घटना भएको स्थानीय सुवास खड्काले जानकारी दिनुभयो ।

गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ सुरी काप्तीमा भएको दुर्घटना परी गम्भीर घाईते गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ सुरीका बोलेरो चालक प्रेम गुरुङ, गोविन्द गुरुङ, पवन गुरुङ र रमेश गुरुङलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको र सामान्य घाईते दाङिमा शेर्पालाई सिंगटीको स्वास्थ्य केन्द्रमा लगिएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button