मदन भण्डारी विज्ञान तथा प्रविधि बिश्वबिद्यालय बिधेयकमाथि छलफल सुरु
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मदन भण्डारी विज्ञान तथा प्रविधि बिश्वबिद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले मकवानपुरको चित्लाङमा निर्माण हुन लागेको मदन भण्डारी बिज्ञान तथा प्रविधि बिश्वबिद्यालयले पूर्ण रुपमा विज्ञान र प्रविधिमा आधारित शिक्षा दिने बताउनुभयो ।
मन्त्री पोखरेलले नेपालका अरु बिश्वबिद्यालय भन्दा फरक हुने मदन भण्डारी बिज्ञान तथा प्रविधि बिश्वबिद्यालय बवश्वस्तरको हुने र संसारका उत्कृष्ट बिश्वबिद्यालयसँग प्रतिस्पर्धा गर्ने गरी स्थापना गरिने पनि बताउनुभयो ।
छलफलमा समितिका सांसदहरुले बिश्वबिद्यालयको नाम मदनआश्रित राखिनुपर्नेमा जोड दिएका थिए ।
समितिका सभापति जयपुरी घर्तीले विधेयकमाथि दफावार छलफल गरी विज्ञ र संशोधनकर्ताको सुझावका आधारमा संशोनसहित पारित गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्