तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल राष्ट्र बैंकले दशैंका लागि १३ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने

काठडमाडौं – आगामी दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले दशैंका लागि १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साट्ने तयारी गरेको जनाइएको छ ।

नेपाल राष्ट्र बैंकको योजना अनुसार १८ हजार पाँच सय रुपैयाँसम्मका खुला नोट माग गर्नेलाई नयाँ नोट दिने निर्णय गरेको छ भने १८ हजार पाँच सय रुपैयाँ भन्दा बढी माग गर्नेलाई सुकिला नोट दिने जनाइएको छ । बैंकले अशोज १८ गते फूलपातीको दुई साताअघिदेखि नोट सटही सुरु गर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button