तपाईँ सुन्दै हुनुहुन्छः

३ अर्ब राजश्व छली गरेको तथ्य फेला

अर्जुन श्रेष्ठ । राजश्व अनुसन्धान विभागले विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिल बिजक बिक्री गरी करीब ३ अर्ब रुपैयाँ राजश्व छली गरेको तथ्य फेला पारेको छ ।

सुनसरीको इनरुवा नगरपालिका–९ घर भई भक्तपुरको ठिमी बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले नक्कली बिजक बिक्रि गरी करीब ३ अर्ब रुपैयाँ राजश्व छली गरेको तथ्य विभागले फेला पारेको हो ।

विभागले उनीहरु विरुद्ध २ अर्ब ९८ करोड ५७ लाख ५७ हजार १ सय १५ रुपैयाँ बराबरको विगो कायम गरी विगोको दुई गुणा जरिवाना र तीन वर्ष कैद सजायको माग दावीसहित काठमाडौ जिल्ला अदालतमा विहिबार मुद्दा दायर गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

यसअघि विभागले ८१ मुद्दामा रु १८ अर्ब ३२ करोड रुपैया बिगो तथा जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित २ सय ३८ जना विरुद्ध पनि विभिन्न अदालतमा मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button