तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढ्यो

काठमाडौं । एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोबार भए पनि कारोबार मापन शेयर बजार नेप्से परिसूचक बिहिबार ५ दशमलव ५८ बिन्दुले उकालो लागेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरेपछि शेयर बजारमा त्यसको सामान्य प्रभाव परेको हो ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढेर एक हजार ३१९ दशमलव ४७ अङ्कमा पुगेको छ ।

कूल १७४ कम्पनीको ४८ लाख ९४ हजार शेयर कारोबार भएका छन् ।

कारोबारका आधारमा बिहिबार शिवम् सिमेन्ट ,नेपाल बैंक लिमिटेड ,प्रभु बैंक रु र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर बढी खरीद बिक्री भई शीर्ष स्थानमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button