तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज नाकाबाट १६ अर्बको पाम आयल निर्यात

वीरगञ्ज । लकडाउनको समयमा समेत वीरगञ्ज नाकाबाट निर्वाध रुपमा सामानको निकासी भई रहेको छ ।

वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म झण्डै १६ अर्बको पाम आयल तथा सोयाबिन तेलको निर्यात भएको छ ।

वीरगञ्ज नाकाबाट भारत, बिहार र युपीमा १० अर्ब ७१ करोड ६० लाख ९९ हजार मूल्य बराबरको ९ करोड ९७ लाख ९७ हजार ४९२ किलो पाम आयल निर्यात भएको छ भने सोयाबिन तेल ५ अर्ब ७ करोड ८ लाख ८० हजार मूल्य बराबरको ३ करोड ८७ लाख ८८ हजार ७६४ किलो निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ ।

यसैगरी १ करोड ५८ लाख ३९ हजार मूल्य बराबरको १ लाख १६ हजार १४८ किलो सनप्mलावर तेल भारत निकासी भएको वीरगञ्ज भन्सार कार्यालयका अधिकृत रमेश सुकमणीले बताउनु भयो ।

लकडाउनको समय समेत वीरगञ्ज नाकाबाट निर्वाध रुपमा भारततर्फ पाम आयल तथा सोयविन तेल, सनफलावर तेल, निकासी भई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button