तपाईँ सुन्दै हुनुहुन्छः

सहुलियत ऋण सहज हुनुपर्नेमा पूर्व अर्थमन्त्रीको जोड

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कृषि तथा उद्योग व्यवसाय क्षेत्रका लागि अनुदानभन्दा सहुलियत ऋण सहज ढंगले उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।

सोमबार बिर्तामोडमा आयोजित उद्योग तथा व्यवसायिक क्षेत्रमा भएका समस्या र सन्दर्भ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सत्तारुढ नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका पाण्डेले सरकारले कृषि लगायतका विभिन्न क्षेत्रमा दिँदै आएको अनुदान प्रतिफलमुखी नदेखिएकोले सहुलियत ऋणको सहज व्यवस्था गर्नुपर्ने बताउनु भएको हो ।

उहाँले प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत कृषि र अन्य क्षेत्रमा खर्च गरेको अनुदान रकमको प्रतिफल सन्तोषजनक नदेखिएको र यसबाट नेकपाकै कार्यकर्ताहरु बदनाम बन्न थालेको उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन र नेपाल राष्ट्रिय वाणिज्य संघ बिर्तामोड नगर कमिटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्राहरुले बजेटमा प्रतिफल आउने कुनै एउटा क्षेत्रमा लगानी गर्न पनि सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button